Thursday, September 21, 2017

संविधानको दुई वर्ष, दुई अन्तर्वार्ता र केहि खुलासा

केहि दिन अघिमात्र एक अपासमा शुभकामना आदानप्रदान गर्दै हामीले संविधान दिवस मनायौँ । संविधान दिवसको अवसरमा सार्वजनिक बिदा समेत गरिएको थियो । हुन पनि जनता द्वारा चुनिएका प्रतिनिधिहरुले बनाएको हाम्रो संविधानले दुई वर्ष पुरा गर्दा हामी खुसी हुनु स्वभाविक नै हो । जनताको रुपमा हामीले जे जति बुझ्छौ सोहि आधारमा हामीले आफ्नो प्रतिक्रिया व्यक्त गर्ने हो । साधारण नेपाली जनताले बुझेको कुरा के हो भन्दा नेपालको संविधान २०७२ नेपाली जनताले चुनेका प्रतिनिधिले नेपाल र नेपालको भलाईको लागि तयार गरेको दस्तावेज हो र नेपाल र नेपालीको भविष्य सो संग जोडिएको छ, तर हालै प्रसारण गरिएका केहि अन्तर्वार्ता हेरे पछि मलाई यस्तो लाग्दै छ कि कतै साधारण नेपाली जनताको बुझाई गलत त होइन ?


कुनै पनि प्रणाली (System) आफैमा गलत हुदैन र विभिन्न मुलुकमा आफु अनुरुपको प्रणाली अनुशरण गर्नु बुद्धिमत्तापूर्ण हुन्छ । एक मुलुकमा सफल भएको शासन प्रणाली र पद्धति अर्को मुलुकमा पनि सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी हुदैन । यहि र यस्तै विभिन्न कारणले गर्दा नेपालको लागि नेपाली परिवेशको संविधान लेखनको लागि हामी संविधानसभाको भर परेको भन्ने हाम्रो बुझाई हो । हालको संविधानमा भएका व्यवस्थाहरुलाई सम्मान गरिरहँदा  नेपालको लागि कतै संघियता King Midas's Golden Touch हुने हो कि भन्ने भय व्यक्तिगत रुपमा मलाई थियो र छ । तर जनप्रतिनिधि द्वारा लिखित र बहुमतले पारित संविधानको अक्षरस सम्मान र पालान गर्नुको विकल्प हुदैन भन्ने मान्यतामा म अडिक छु । तर आज प्रसंगमा लिएका दुई अन्तर्वार्ता हेरी सके पछि मेरो मनमा निकै प्रश्नहरु खेल्न थालेका छन् ।

मैले कुरा गर्न खोजेको दुई अन्तर्वार्ताहरु क्रमसः


“STV Chat”मा डा. भीमार्जुन आचार्यको अन्तर्वार्ता



तमसोमा ज्योतिर्गमयमा मोहन बन्जाडेको अन्तर्वार्ता 



माथिका दुई अन्तर्वार्ता वक्ताका हिसाबले आधिकारिक र व्यक्त गरिएका कुराले निकै संवेदनशील रहेको मेरो बुझाई हो ।

दुवै अन्तर्वार्ता हेरे पछि मेरो मनमा उठेको पहिलो प्रश्न हाम्रो संविधानसभाले कसको लागि र कसरी संविधान तयार गर्यो र यो संविधानको साध्य के हो? दुवै वक्ताको कुरा सुन्दा संविधानको आधारभुत साध्यमा प्रश्न उठ्नु स्वाभाविक हो । नेपालको संविधान निर्माणको क्रममा व्यापक विदेशी हस्तछेप भएको हो वा होइन? हो भने के संविधानसभाको यसमा के भूमिका रह्यो? कतै अन्तर्वार्तामा व्यक्त गरिए जस्तै हामी र हाम्रो राजनीति परिचालित त छैन? यदि छ भने यस्तो हस्तक्षेपको अन्त्य कसरी गर्न सकिन्छ? हाम्रो देश, हाम्रो राजनीति र शासन प्रणाली कुन बाटोमा उन्मुख हुदै छ? कतै हामी क्षणिक न्यानोपनको लागि आफ्नै घरमा आगो त लगाई रहेका छैनौं?

यी अन्तर्वार्ताहरु हेरे पछि यस्ता अनेकौ प्रश्नको उठ्नेछन । यी दुई अन्तर्वार्तामा व्यक्त गरिएको विचारहरु हामीले आफ्नो स्वविवेक प्रयोग गरि मनन गर्नु आवश्यक छ । सायद अन्तर्वार्ताका कुरा शत प्रतिशत वक्ताले बुझे जस्तो पनि नहोला तर व्यक्त गरिएका विचारहरु सबैले एक पटक सुन्नै पर्ने जस्तो लागेकोले यति भूमिका बाँधेर आफ्नो ब्लग बाट सेयर गर्दै छु ।

कतै हामी परिचालित त भएका छैनौं? हाम्रो मुलुक कता जादै छ?भविष्यमा नेपाली नागरिकको नियति के हुने छ? हामीले आफैलाई प्रश्न गर्न पर्ने देखिन्छ ।  

1 comment: